रमादान
सूर्योदयदेखि सूर्यास्तसम्म निराहार र निराजल एक महिनासम्म गरिने ब्रतलाई रमदान भनिन्छ ।
मुस्लिम समुदायको महान चाड रमदान २०७५ जेठ ३ गतेदेखि सुरु भएको छ । सूर्योदयदेखि सूर्यास्तसम्म निराहार र निराजल एक महिनासम्म गरिने ब्रतलाई रमदान भनिन्छ । एक महिनासम्म रोज उपवास बस्ने हुँदा यसलाई रोजा बस्ने पनि भनिन्छ । अरबी भाषामा रमादान (Ramadan), उर्दुहरु रमजान (Ramazan), पर्सियन र तुर्किसहरु रमाजान (Ramazan) फरक...