डेंगु

गर्मी र वर्षातको समयमा लामखुट्टेको बृद्धी र विकास हुन्छ । लामखुट्टेको जीवन चक्र पुरा गर्न अनुकुल वातावरण हुन्छ ।

सरस्वती पन्त

गर्मी र वर्षातको समयमा लामखुट्टेको बृद्धी र विकास हुन्छ । लामखुट्टेको जीवन चक्र पुरा गर्न अनुकुल वातावरण हुन्छ । वर्षामा हिलो हुने खाल्डा खुल्डी भएको ठाँउमा पानी जम्छ त्यही जमेको पानीमा फूल पार्छ । फूलबाट लार्भा र प्युपा हुदै पूणर््ा लामखुट्टेमा विकसित हुन्छ । लामखुट्टेको टोकाइबाट औंलो, कालाज्वर, मलेरिया, हात्तीपाइले (फाइलेरिया), छारे रोग, जापानी इल्सेफ्लाइटिस डेंगु आदि लाग्ने वा सर्ने गर्दछ । पञ्चायती व्यवस्थाको स्थापना पश्चात राजा महेन्द्रले तत्कालीन नेपाल अधिराज्यको तराई तथा भित्री मधेशमा आर्थिक आम्दानी तथा सीमा सुरक्षा समेट्न वस्ती वसाए थिए । औंलोले महामारीको रुप लिए पछि पूर्व मेचीको झापादेखि पश्चिम डडेल्धुरासम्मको औंलो प्रभावित भू भागमा डी डी टी पाउडरमा पानी मिसाएर छर्ने काम अभियानकै रुपमा भयो । त्यस पश्चात लामखुट्टेको टोकाइबाट लाग्ने वा सर्ने रोगको विरुद्धमा नेपाल सरकारले विश्व स्वास्थ्य संगठनको सहयोगमा विभिन्न समयमा किटनासक औषभी छर्नुको साथै मानिसलाई औषधी तथा खोप वितरण गर्दै आएको छ । त्यस मध्यमा हात्ती पाइले रोग विरुद्धको अभियान विगतमा त्यति सफल नभए पनि हाल प्रभावकारी बन्दै गएको छ ।

अव कुरा गरौं लामखुट्टेको टोकाईबाट लाग्ने वा सर्ने रोग डेंगु को बारेमा । विगत केहि वर्ष यता महामारीकै रुपमा फैलिएको यो रोग एडिस एजिप्टाई लामक संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्दछ । जब पोथी लामखुट्टेले फुल (डिम्ब) पार्ने समय हुन्छ । तब उसलाई प्रसस्त प्रोटिनको आवश्यकता पर्दछ । त्यस पछि धेरै भन्दा धेरै मानिसलाई टोक्दछ किन भने यो लामखुट्टेले दिउसोमा मात्रै टोक्ने हुँदा लामो समयसम्म एउटै व्यक्तिलाई टोकेर प्रयाप्त रगत चुस्न पाउदैन । त्यसैले पनि धेरै जनालाई टोक्न पुग्दछन । यसै अवसरमा डेंगुबाट संक्रमित व्यक्तिलाक्षर्् टोकेमा लामखुट्टे संक्रमित हुन्छ र त्यही लामखुट्टेले स्वस्थ्य मानिसलाई टोक्दा स्वस्थ्य मानिसमा पनि संक्रमित हुन्छ यसै कारण रोग फैलिन्छि । स्मरण रहोस एडिस एजिप्टाई नामक लामखुट्टेले रातमा टोक्दैन । त्यस्तै जान्नै पर्ने कुरा कुनै पनि प्रजातिको भाले लामखुट्टेले मानिसलाई कहिल्यै टोक्दैनन । टोक्ने पोथीले मात्र हो । त्यो पनि फुल पार्ने समयमा प्रोटिनको आवश्यकता पर्ने हुँदा सक्रिय हुन्छ । त्यसैले लामखुट्टेलाई टोक्न नदिनु पनि रोग नियन्त्रण गर्नु हो । डेंगु रोगको उर्वर भूमी अफ्रिकालाई मानिन्छ । १५औं शताब्दी तिर अफ्रिकन मूलुकमा भएको दास व्यापारसंगै युरोपमा र पछि युरोपबाट दोस्रो विश्वयुद्ध पछिको विकसित सहरीकरण वसाई सराई, जनसंख्या वृद्धि, आदिका कारण अन्य मुलुकमा प्रसार भयो । नेपालको परिपे्रक्ष्यमा जापानी इन्सिेफ्लाइटिसको साथासथै जस्तो देखिएको भए पनि सन २००० मा मध्य पश्चिममा डेंगुको जीवाणु भेटियो । सन २०१० मा महामारीकै रुप लियो । देश भरिमा झण्डै एक हजार जनाको हाराहारीमा डेंगुको जीवाणु भेटिएको तथ्यांक छ । उच्च जोखिमका भएका जिल्लाहरुमा चितवन, ,धनगढी, कैलाली, कञ्चनपुर, रुपन्देही र पर्सा, झापा लगायतका तराईका जिल्लाहरु डेंगुबाट जोखिम युक्त छन । विगतमा चितवन र बुटवलमा पाँच जनाको मृत्यु भइसकेको छ । डेंगु ज्वरोको आए पछि विभिन्न किसिमका लक्षणहरु देखा पर्दछन् जस्तै एक्कासी उच्च ज्वरो आई पाँचदेखि सात दिनसम्म रहने, आँखाको गेडी रातो भै दुख्ने टाउको पछाडीको भाग, ढाड, जोर्नी, मांसपेशीहरु दुख्ने,शरीरमा विविरा आउने, रगत पातलो हुने, तथा नाक,मुख,कान, दिसा र पिसाबबाट रगत आउनुका साथै वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, शरीरमा निल डाम देखा पर्ने र बेहोस हुने आदि हुन । यो रोग भाइरसबाट सर्ने र औषधी पनि नभएकोले बच्ने उपाए भनेको सरसफाई र सतर्कता नै हो । माथि भनिएका लक्षण देखिएर ज्वरो आएमा ज्वरो त हो नी भनेर हेलचक्र्याई गर्नु हुदैन । डेंगु ज्वरो जति धेरै पटक त्यति जोखिम हुन्छ । यसलाई चार भागमा विभाजन गरिएको छ । एक, दुई, तीन, चार जस मध्य चार सवै भन्दा खतरायुक्त हुन्छ । डेंगु ज्वरो आएमा सिटामोल खाई ज्वरो घटाउने र प्रशस्त पानी तथा झोल पदार्थ खाने गर्नु पर्दछ । अनुसन्धान भैरहे पनि अहिलेसम्म यसको कुनै ओखती वा खोप छैन । स्पेन र फ्रान्समा औषधी अनुसन्धान भैरहेको र निकट भविष्यमा खोप उपलब्ध गराउदै छन भन्ने कुरा सुन्नमा आएको छ ।

डेंगुको जीवाणु सार्ने लामखुट्टेको पहिचान गर्न सजिलो छ । यो लाम खुट्टेको वनोट अन्य लामखुट्टेको जस्तै भए पनि केही भिन्नता छ । एडिस एजिप्टाई नामक लामखुट्टेको शरीरको रंग खैरो वा कालोमा सेतो खण्ड खण्ड परेको हुन्छ । यसमा पनि पोथी लामखुट्टेको सुँड (चुच्चो) पुरै सेतो हुन्छ ,भने भाले लामखुट्टेको सुड केही सेतो हुन्छ । फुल, लार्भा र प्युपा अन्य लामखुट्टेको जस्तै हुन्छ । पूर्ण लामखुट्टे भए पछि मात्र छुट्याउन सकिन्छ । लामखुट्टे सफा र मानव निर्मित भाँडामा रहेको पानीमा फुल पारेर जीवन चक्र पुरा गर्ने हँुदा पानी जम्मा हुने खालका भाँडाहरु जस्तै खाली टिनका बट्टाहरु बिर्को नभएका वोतलहरु,प्लाष्टिकका ग्लास, दहीको कतारो,टायर, टयुव जथाभावी फाल्न र पानी जम्मा हुन दिनु हुदैन । कुनै भाँडामा सय मिलि लिटर पानी जमेको छ भने पनि त्यसमा लाम खुट्टेले फुल पार्न सक्छ । धारा वा वर्षातको पानी जम्मा गरेर राख्नु परेमा बिर्को लगाएर राख्नु पर्दछ । त्यसतै फूलदानी, माछाको एकोरियम, कूलर आदिमा फेर्न मिल्ने भए हप्तामा एक दुई पटक पानी फेरिदिने नमिलेमा एक दुई चम्चा मट्टितेल वा डढेको मोविल पानीमा राखिदिनु पर्छ । कुनै पनि भाडामा आकाशे पानी धेरै समयसम्म रहेको छ भने पानी फालेर अलिकति मट्टितेल राखी घोप्याएर राख्नु पर्छ । यसो गरिएन भने लामखुट्टेको अण्डा त्यही भाडोमा रहिरहन्छ र पानी परेपछि उसको जीवन चक्रमा विकसित हुन्छ । अन्य भाँडामा भन्दा टायरमा दश गुनाले बढी वृद्धि हुन्छ ।

यो वर्षमा पनि तराईका जिल्लाहरुमा डेंगुको विरामी पाइए पछि गत असारमा लामखुट्टे विशेषज्ञ डा. पुरुषोत्तम गौतम र जिल्ला जनस्वास्थ्य काठमाण्डौ की कार्यक्रम अधिकृत गीता आचार्यको प्रत्यक्ष सहभागितामा महिला स्वास्थ्य स्वयंसेविकाद्धारा महानगरपालिकाका केही वडामा गरिएको सर्भेक्षणमा गाडी तथा मोटरसााइकल मर्मत केन्द्र झाडी भएको ठाँउ, कवाड सामग्री थुपारिएको ठाँउमा र यत्र तत्र फालिएका ेटायर भित्र जमेको पानीमा लाभा, प्युपा र लामखुट्टे पाइएको छ । यही श्रावण महिना चितवनमा डेंगुको जीवाणु देखिएको छ । उच्च जोखिम रहेको भारतसंगको खुला आवत जावत, देश तथा विदेशबाट आउने केन्द्रका रुपमा रहेको काठमाण्डौ मध्यनजर गरी आगामी भदौमा राम्रोसंग सर्भे गरी बाँकी रणनीति बनाइने कुरा बताउनु हुन्छ इपेडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका डा. युवराज पोखरेल । घर वरिपरी सफा राख्ने, अनावश्य पानी जम्न नदिने, आवश्यक पानी छोपेर राख्ने, लामो बाउला भएको लुगा लगाउने, केटाकेटीलाई झुल भित्र सुताउने आदि गरेमा डेंगु रोगबाट बँच्न सकिन्छ ।

राजधानी दैनिकमा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *