मेरो बारे

स्नातोकत्तरसम्मको अध्ययन गरेकी सरस्वती पन्त भट्टराई समाजको एक अनुकरणीय, उदाहरणीय व्यक्तित्व हो ।

वरीष्ठ समाजसेवी सरस्वती पन्त भट्टराई व्यक्ति एक क्षमता अनेक भन्दा कुनै फरक पर्दैन । उहाँले समाजका विभिन्न विधामा रहेर जनहितका धेरै काम कार्य गर्दै आउनुभएको छ  । समयको धेरै हिस्सा सामाजिक कार्यमा, खर्चिने हुँदा सधैं भ्याइ नभ्याइ भएको देखिन्छ । अरुको दुःख देख्न नसक्ने गल्ती नगर्ने, सहन पनि नसक्ने स्वभाव छ । भट्टराई अहिले पनि विविध संघ–संस्थामा रहेर सामाजिक सेवा गरिरहनु भएको छ । उहाँको व्यपार व्यवशाय छैन, जागीर छैन तापनि फुर्सद एकै क्षण फुर्सदमा नदेख्दा अचम्म लाग्छ ! समाजका लागि कति खट्न सकेको होला त्यो पनि कुनै लाभ विना ? अनि आफैलाई प्रश्न गर्न मन लाग्छ देशमा लाभको पदमा रही सपथ खानेहरूले यसरी नै काम गर्ने भए देश आज कति माथि पुग्थ्यो होला ?
 
बालशिक्षा, प्रौढशिक्षाले समाज साक्षर बनाउन सुरु गरेकी भट्टराईलाई सरकारी र प्राइभेट (वोर्डिङ) स्कूलमा अध्यापन गराएको अनुभब छ । विभिन्न शिर्षकमा तालिम प्राप्त गरी सामाजिक रुपान्तरणमा सघाएको देखिन्छ । समाज परिवर्तनकालागि सवैले काम गर्नु पर्छ काम सानो ठूलो हुँदैन । श्रमको इज्जत हुनुपर्छ । काम जुनसुकै गरोस् व्यक्ति शिक्षित हुनुपर्छ यो उहाँको भनाई हो । उहाँका अनुसार—आफू रहेको घर, समाज र राष्ट्रप्रति सधैं इमान्दार हुनुपर्छ । सकरात्म सोच र उर्जावान  चिन्तन तथा कर्मले नै राष्ट्रोन्नतिको पथमा रहन्छ । व्यक्ति होइन सिङ्गो राष्ट्रको सम्वृद्धी भएमा सम्पूर्ण  मानिस सुखी हुन्छन ् हरेक दृष्टिकोणबाट समाजसेवामा उहाँको लगाव धेरै नै छ । 
 
लेख लेख्ने, कविता लेख्ने, अध्ययन अनुसन्धान उहाँका रुचीका विषय हुन । गोरखापत्र, राजधानी, नयाँ पत्रिका, नेपाल समाचारपत्र आदि राष्ट्रिय पत्रिकालगायत विभिन्न स्थानिय पत्रपत्रिकामा उहाँका लेख तथा कविताहरू प्रकाशित हुँदै आएका छन् । लेख तथा रचनाहरू–धर्मसंस्कृति, पर्यटन, स्वास्थ्य र जडिबुटीमा विशेष दख्खल छ । कविताहरू समसामयिक र राष्ट्रियता झल्किने खालका छन् । उहाँले इ.कवि स्वर्गीय रमेशचन्द्रबन्धु भट्टराईका एक कविता संग्रह र एक स्मारिका प्रकाशित गर्नु भएको छ । शिक्षा शहीद चिनियालाल तथा समाजसेवी उषा सिंह स्मृति–प्रतिस्थानको वार्षिक रुपमा प्रकाशित हुने  स्मारिकामा सम्पादनको काम गर्दै आउनुभएको छ । हुनत २०६१ सालमा रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदान गरेको १०० पटक पुगेको उपलक्ष्यमा सम्मानकालागि बनेको शतक रक्तदात सम्मान समितिमा रही सो समितिले प्रकाशित गरेको स्मारिका “पारमिता” को पनि सम्पादन गर्नु भएको थियो । 
     
चित्र कोर्ने, पेन्ट गर्ने, विभिन्न विषयमा तालिम लिने दिने कार्य विशेष भूमिका निर्वाह गर्नुभएको  छ साथै रेमोकेर्यशनको महासचिवमा रहदा कयान्सर पीडितलाई परामर्श दिने जडीबुटीबाट उपचार गराउन प्रेरित गर्ने, सुरुमै रोग पहिचान गरी सही रुपमा जडिबुटीको प्रयोग गरेमा ठूला रोगहरु पनि निको पार्न सकिन्छ भन्ने सन्देश प्रचार प्रसारमा निकै ठूलो भूमिका छ । कस्फन नेपालको अध्यक्षमा रहेर सोही संस्था र अन्य संघसंस्थाबाट हजारौ व्यक्तिलाई शीपमूलक तालिम र विविध विषयमा अभिमुखिकरण तालिम प्रदान गर्दै आउनुभएको छ । त्यस्तै बालसंरक्षण समितिमा रहेर बालबालिका सम्बन्धी, सामुदायिक सेवाकेन्द्र तथा सामुदायिकप्रहरी सेवाकेन्द्रमा रहेर शान्ति सुरक्षा, सरसफाई जनचेतनामूलक आदि कार्यहरू गर्दै आउनुभएको छ । 
   
स्नातोकत्तरसम्मको अध्ययन गरेकी सरस्वती पन्त भट्टराई समाजको एक अनुकरणीय, उदाहरणीय व्यक्तित्व हो । उहाँको योगदानको यति चचाँले पुग्दैन उहाँ नै एउटा अध्ययनको पाटो हो भन्दा कुनै अतियक्ति नहोला ।